FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ भदौ, काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुले गाईजात्रा पर्वका अवसरमा आफ्ना दिवंगत सदस्य एवम भोटेकोशी बाढीमा परेर निधन भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरेका छन् ।

शनिबार ब्लु डाइमण्ड सोसाइटी (नील हिरा समाज)को आयोजनामा काठमाडौंको खुल्लामन्चमा आयोजित कार्यक्रममा देशमा आइपरेको विनाशकारी विपत्तिका कारण ज्यान गुमाएका र वर्षभरी विभिन्न कारणले अकालमा मृत्यु भएका समूदायका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

बर्षेनी मनाईदै आएको गाईजात्रा प्राइड परेड कार्यक्रम स्थगित गरी यस पटक दीप प्रज्वलन मात्र गरिएको आयोजक संस्थाकी पिटर राईले जानकारी दिईन । ‘हामीले १४ औं गाईजात्रा एवम प्राइड परेड स्थगित गरेर दिंवगतहरुको सम्झनामा बत्ती मात्र बालेका हौं । दुःखको खडीमा आत्माशान्तिको कामना गरेका हौं,’ उनले भनिन् ।

सोही कार्यक्रममा समूदायबाट प्रतिनिधित्व गरेकी सांसद भूमिका श्रेष्ठले देश विपत्तिमा डुबेको र देशभर समूदायका धेरै साथीहरुले अकालमा ज्यान गुमाएकाले उहाँहरुको स्मृतिमा मैनबत्ती बालेर स्मरण गर्नु आफूहरुको दायित्व भएको बताइन् । समूदायका समस्या र मुद्दाहरुको समाधान गर्न अझै बाँकी रहेको उल्लेख गर्दै यस अवसरमा सबैमा आत्मबल बढोस भन्ने उनले कामना गरिन् ।

ब्लु डाइमन्ड सोसाइटीकी अध्यक्ष उमिशा९उमेश० पाण्डेले आफूहरुले गाईजात्रा प्राइड परेड भब्य रुपमा मनाउने गरेको भएपनि यसपटक देश रोइरहेको परिस्थितिलाई मध्यनजर गर्दै दीप प्रज्वलन गरेर दिवंगतहरुको स्मरण गरेको बताइन ।

‘वितेको एक वर्षमा हामीसँग सम्पर्कमा रहनुभएका १२ जना समूदायका साथीहरु गुमायौं । विनाशकारी बाढीले झनै ठूलो क्षति व्यहोर्यो । यस्तो अवस्थामा सामान्य रुपमा दिवंगतहरुको स्मृतिमा दीप प्रज्वलन गरेका हौं,’ उनले भनिन् ।

सो अवसरमा सोसाइटीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरिएको संस्थाकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

उनले देशमा आइपरेको महाविपत्तिका कारण उत्साहका साथ गाईजात्रा प्राइड परेड मनाउन नसकिएकाले दीप प्रज्वलन र राज्यकोषमा एक लाख रुपैंयाँ सहयोग गरेर दिंवगतहरुको स्मरण गरिएको बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय