FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

चितवन । रसुवामा फेरि बाढी आएको चर्चापछि रोकिएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गका सवारी साधनहरू पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनले एक सूचना जारी गर्दै बाढीको जोखिम नरहेको सूचना प्राप्त भएपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको जानकारी दिएको हो। रसुवा क्षेत्रबमा बाढीआउन सक्ने सूचनाका आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा कडाइ गरिएको थियो। नारायणगढबाट मुग्लिन हुँदै पोखरा र काठमाडौँ जाने तथा उताबाट आउने सवारी साधनहरू केही समय रोकिएका थिए। हाल अवस्था सामान्य भएसँगै प्रहरीले ती सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिएको हो।

सडक सुचारु भए तापनि वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय