FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१४ भदौ, काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि हिमालयन बुलीयन कम्पनी लिमिटेडले कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले बाढीका कारण भएको ठूलो मानवीय तथा धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कम्पनीले पीडाको यस घडीमा बाढी प्रभावित परिवारसँग आफू सँगै रहेको जनाएको छ । मानवीय संवेदना र सहकार्यका साथ पीडितको घाउमा मल्हम लगाउनु सबैको साझा दायित्व भएको कम्पनीको भनाइ छ ।

बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा तत्काल राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत भदौ ११ गते २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ ।

यसका अतिरिक्त कम्पनीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । यससँगै हिमालयन बुलीयन कम्पनी लिमिटेडको तर्फबाट बाढीपीडितका लागि कुल एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने भएको हो ।

कम्पनीका अनुसार उक्त सहयोग रकमको चेक भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो । कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय