FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१५ भदौ, काठमाडौं । बाढी, पहिरो तथा अविरल वर्षाका कारण मुख्य राजमार्ग तथा सडकखण्डमा सोमबार पनि सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीको सोमबार बिहान ६ बजेसम्मको विवरण अनुसार कोशी र बागमती प्रदेशका केही प्रमुख सडकखण्ड पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छन् ।

बागमती प्रदेशमा बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उक्त सडकमा २०८३ भदौ १० गते बिहान ८ बजेदेखि अवरोध रहेको छ र लामो समयसम्म अवरोध रहने जनाइएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।

मकवानपुरमा बाढी तथा पहिरोका कारण हेटौंडा-ठिंगन-बागमती सडकखण्ड प्रभावित छ। कान्तिलोकपथअन्तर्गतको उक्त सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्ड प्रभावित भएको छ। त्यस्तै, बाढीका कारण पासाङल्हामु सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ ।

काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा २०८३ जेठ २२ गते साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय