FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ भदौ, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधबार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन् । प्राकृतिक विपद्को यो कठिन घडीमा पीडित परिवारलाई तत्काल मद्दत पुगोसभन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरिएको हो ।

नगद सहयोगका साथै शंकर ग्रुपले विपद्को सुरु आती चरणमै गृह मन्त्रालयको समन्वयमा राहत कार्यलाई लोभलाग्दो ढङ्गले अगाडि बढाएको थियो । विपद्को तेस्रो दिनमै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन (त्रिपाल) टेन्ट उपलब्ध गराई सुरक्षित आवासको व्यवस्था मिलाइएको छ । न्चयगउ ले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै, विषम परिस्थितिमा रातदिन नभनी उद्धार र राहत कार्यमा खटिएका सुरक्षा निकाय, राष्ट्रसेवक तथा स्थानीय संघ९संस्थाहरूको योगदानप्रति उच्च सम्मान र आभार व्यक्त गरेको छ ।

शंकर ग्रुप नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउने देशकै अग्रणी औद्योगिक तथा व्यावसायिक घराना हो । यस संस्थाले हजारौँ नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ भने वार्षिक रूपमा सरकारलाई ठुलो परिमाणमा राजस्व बुझाउने दायित्व निर्वाह गरिरहेको छ ।

विगतमा आएका महाभूकम्प, कोभिड महामारी जस्ता प्राकृतिक विपत्तिहरू र विभिन्न सामाजिक कार्यहरूमा पनि शंकर ग्रुपले सधैँ अगाडि सरेर निरन्तर सहयोग पु¥याउँदै आएको छ । देश र नागरिक संकटमा परेका बखत सहयोगको हात बढाउने आफ्नो यो प्रतिबद्धतालाई शंकर ग्रुपले यस पटक पनि कायमै राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय