FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ । पहिचान हुन नसकेका शव तथा मानव अंगको विवरण नेपाल प्रहरीको विपद् सम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ ।

बाढी तथा विपद्का घटनामा हालसम्म २७९ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने घाइतेको उपचारसम्बन्धी विवरण प्राधिकरणले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ । नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ५७३ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये मंगलबार मात्रै १२ उडान गरिएको छ । भदौ १४ र १५ गते रसुवा र नुवाकोटमा सशस्त्र प्रहरी बलले ५० वटा हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको थियो । निजी क्षेत्रबाट काठमाडौंमा आधारित हेलिकप्टरमार्फत हालसम्म २९ वटा उडान भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय