FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१६ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।

बाढी तथा विपद्का घटनामा हालसम्म २७९ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ५०९ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय