FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 १६ भदौ, काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्दै लैजाने निर्णय गरेको छ ।

बैठकमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय गर्ने र राजनीतिक दलहरूले आवश्यक सहयोग तथा समर्थन गर्ने विषयमा समेत छलफल भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा सरकार भएजस्तै प्रदेश र स्थानीय तहमा पनि सरकार रहेकाले उद्धार तथा राहतका काममा तीनै तहका सरकारलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय भएको हो ।

उनले भने, ‘केन्द्रमा जुन किसिमले सर्वदलीय संयन्त्र बनायौँ, त्यही किसिमको संयन्त्र तल्लो तहसम्म सम्प्रेषित गर्दै लाने निर्णय भएको छ । संविधान वा कानुनी रूपमा दिइएको विशेष अधिकार प्रयोग गरेर काम गर्ने भन्नेछ । कुनै मुचुल्काका लागि कुनै राजनीतिक दलभन्दा वडा अध्यक्ष नै चाहिन्छ, कानुनी प्रबन्ध पनि त्यही छ । त्यसैले उद्धार र राहतमा तीनै तहको सरकार समन्वय गरेर जनतालाई बढीभन्दा बढी प्रभावकारी राहत र उद्धार कार्य र संगठित प्रयास गर्ने कुरामा होस् भन्ने आजको निर्णय हो ।’

सर्वदलीय बैठकले विपद्को समयमा राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गर्दै पीडितको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ ।

‘पार्टीको ब्याकअप सपोर्ट छ, यसमा कोही पार्टी अलग–अलग छैन । हामी सबैको एउटै कुरा पीडित जनताको साथमा रहनुपर्‍यो । उद्धार र राहतमा संलग्न हुनुपर्‍यो । यसमा कुनै राजनीतिकरण गर्नुपर्ने विषय नै छैन् । यो संवेदनशील विषयमा राजनीतिकरण गर्नु पनि अपराध हो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय