१७ भदौ, काठमाडौं । बुधबार पशुपतिनाथमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता हुनेका आफन्तहरूले कुशको प्रतिमा बनाएर दाहसंस्कार गरेका छन् । आर्यघाटमा आफन्तहरूले कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेका हुन् ।
पशुपति विकास कोषले आफन्तहरूले बुधबार बिहानैदेखि कुशका शव बनाएर सामूहिक अन्त्येष्टि गर्न थालेको जनाएको छ । पशुपति बाढीमा बेपत्ताहरुको लागि निःशुल्क अन्येष्टिको व्यवस्था गरिएको छ ।
आर्यघाटमा बिहानैबाट आफन्तको दाहसंस्कार गर्नेको भिडभाड रहेको पशुपति विकास कोषले जनाएको छ । कतिपयले बेपत्ताको फोटोजस्तो बनाएर श्रद्धाञ्जली दिने गरेका छन् । पशुपति विकास कोषले दाहसंस्कारका लागि निःशुल्क व्यवस्था गरेको छ ।






