१८ भदौ, काठमाडौं । बिहीबार सुन बढेको छ । आज चाँदीको पनि मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ६०० रुपैयाँ बढेको छ ।
चाँदी तोलामा १२५ रुपैयाँले बढेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४३३.२५ अमेरिकी डलर र चाँदी ६५.९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।






