FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ भदौ, काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव ७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३१ अङ्कले बढेर ४४९ दशमलव ५० मा पुगेको छ ।

त्यस्तै, फ्लोट सूचक शून्य दशमलव १५ अङ्कले बढेर १७४ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १२ अङ्कले बढेर १५१ दशमलव ७३ मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड २१ लाख ६३ हजार ७६३ कित्ता सेयर रु तीन अर्ब ४६ करोड ५२ लाख एक हजार ४२ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये नौ उपसमूह बढ्यो भने चार उपसमूह घटेको छ । आज १४५ कम्पनीको सेयर बढ्यो भने १२३ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १० कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त वित्तीय संस्था, चिर्खवा हाइड्रोपावर कम्पनी, आशा लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी, आज पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त कम्पनी रक सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय