FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ भदौ, काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । अष्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भूर्तेललाई आराम दिएको छ । उनको स्थानमा राशिद खानले खेलिरहेका छन् । दक्षिण अष्ट्रेलियाले १५ ओभरको खल सकिँदा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । बलिङतर्फ नेपाल ‘ए’ का राशिद खान र नारायण जोशीले एक एक विकेट लिएका छन् ।

एकदिवसीय शङ्खलामा नेपाल ‘ए’ पहिलो जितको खोजीमा छ । नेपाल ‘ए’ले पहिलो खेलमा अष्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार व्यहोरेको थियो । नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय