FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ भदौ, काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नुवाकोटस्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये जीवितै उद्धार गरिएका दुई जनाको परिचय खुलेको छ ।

भोटेकोशी नदीमा बाढी गएको १० दिनपछि सञ्जय शाह र कविर महर्जनको शुक्रबार जीवितै उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। आयोजनामा शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

३० वर्षिय साह सप्तरी कोइलाडी–८का हुन् । यस्तै ४५ वर्षिय महर्जन काठमाण्डु बालकुमारी–३का बासिन्दा हुन् ।

त्यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो ।

सुरुङभित्र अन्य व्यक्तिहरू पनि रहेको आशंका गरिएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।

सुरुङभित्रबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि बाँकी व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ।

उद्धारपछि बाहिर निकालिएका साहले सुरुङभित्र फसेका सबै मानिस सकुशल रहेको बताएका छन् । शाह र महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डु ल्याएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय