२५ भदौ, काठमाडौं । बिहीबार शेयरबजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १३. ८५ अंक घटेको छ । अघिल्लो दिन पनि नेप्से १५.४३ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २५३१ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा सूचीकृत ३४१ वटा कम्पनीको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९ लाख बढीको कारोबार भएको छ । अघिल्लो कारोबारमा भने ४ अर्ब १९ करोड बढीको सेयर कारोबार भएको थियो ।
६९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ८ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो । अरु समूहको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।
आज बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटे ।
आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ तथा जानकी फाइनान्सको ४.२८ प्रतिशत मूल्य बढ्यो ।
सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशत घट्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४, शुभम पावरको ५.१९, धौलागिरि लघुवित्तको ४.५०, बाराही हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य घट्यो ।
आज सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रति कित्ता मूल्य ३५९ रूपैयाँ ७० पैसा पुगेको छ । प्रभु सेलेक्ट फण्डको मूल्य १०.२२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ८९ पैसामा सीमित भएको छ ।
बिहीबार लिभर्टी इनर्जीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २४६ रूपैयाँ १० पैसामा ४५ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ । सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । उक्त कम्पनीको दुई हजार ९१० रूपैयाँमा २१ करोड १२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नप्से घटेको हो । यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर छन् ।






