१ असोज, काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड बराबरको शेयर कारोबार भएको छ ।
आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो । बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढेका छन्भने लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटेका छन् ।
आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घटेको छ । १६ कम्पनीको स्थिर रह्यो । धौलागिरि लघुवित्तको मूल्य १२.४३, नारायणी डेभलपमेन्ट बैंकको ६.४४, माउन्टेन हाइड्रो नेपालको ५.५१, पिपुल्स हाइड्रोपावरको ४.१९ प्रतिशत मूल्य बढ्यो । हाथवे इन्भेस्टमेन्टको २.९७, सीवाईसी लघुवित्तको २.८०, सिर्जनशील लघुवित्तको २.७८ प्रतिशत मूल्य घट्यो ।
बिहीबार सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४४७ रूपैयाँमा ३३ करोड ६२ लाख रूपैयाँको कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७१ प्रतिशत बढेको हो ।
दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ । उक्त कम्पनीको ६८५ रूपैयाँमा २७ करोड २६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको बढेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी तथा पिपुल्स हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहे । सर्वाधिक गुमाउने कम्पनीमा हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य २.९७ प्रतिशतले घटेर ५८८ रुपैयाँ कायम भएको छ ।






