FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

५ असोज, काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् । बाँकी आवेदन रद्द भएका छन् ।

निष्काशन गरिएको शेयरको तुलनामा माग अत्यधिक भएपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हो । बाँडफाँटअनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

यसअनुसार आवेदन दिएका करिब २३ लाखभन्दा बढी स्वीकृत आवेदकमध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फिर्ता हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय