FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

१५ असोज,  काठमाडौं । वेस्टर्न युनियनले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैँ म छु सँगै’ नामक नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा परिवारबाट टाढा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले उक्त अभियान ल्याएको जनाएको छ । अभियान अक्टोबर २ देखि नोभेम्बर २७, २०२६ अर्थात् असोज १६ देखि मंसिर ११ गतेसम्म ८ हप्तासम्म सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत प्रत्येक साता लक्की ड्रमार्फत ७ जना विजेता छनोट गरिनेछ । विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको अन्त्यमा एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँको ग्रान्ड बम्पर पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकले छुट्टै फारम भर्नुपर्ने छैन । अभियान अवधिमा गरिएको प्रत्येक कारोबारसँगै ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको छ । नेपालभरका वेस्टर्न युनियनका प्रमुख एजेन्टहरू एटिटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिटमार्फत यो अभियान सञ्चालन हुने कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियनले नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकका रुपमा विगत २९ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । कम्पनीले २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रकम स्थानान्तरण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय