FLASH NEWS
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने । फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ । आजको मौसम पूर्वानुमान: आजपनि यी ३ प्रदेशमा हल्का वर्षा/हिमपातको सम्भावना । बडादशैंको आठौँ दिन आज महाअष्टमी, शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै । सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते । चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा ।

१ कात्तिक,  काठमाडौं । नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो ।

घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवी दुर्गाको भक्तिपूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै मान्यताका आधारमा सनातन धर्मावलम्बीले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष अनुष्ठान गर्दछन् ।

दुर्गा पक्षका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ फरक स्वरूपको पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरिएको टीका र जमरा विजयादशमीका दिनदेखि प्रसादका रूपमा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ ।

महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, कालिकास्थान, शोभा भगवती, संकटा, नक्साल भगवती तथा उपत्यकाबाहिरका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय