FLASH NEWS
कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त । राजदेवी मन्दिरमा भक्तजनको भीड : साँझ ८ बजेदेखि बलि प्रदान गरिने । फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ । आजको मौसम पूर्वानुमान: आजपनि यी ३ प्रदेशमा हल्का वर्षा/हिमपातको सम्भावना । बडादशैंको आठौँ दिन आज महाअष्टमी, शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै । सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते । चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल । १५ वर्षपछि ‘रातो टीका जमरा’ दशैँ गीत लिएर फर्किए सुरेश अधिकारी । छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने । विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित । सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा ।

१ कात्तिक, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

आज राती देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय