FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

१५ कातिक, काठमाडौं । एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्षको सोही अवधिमा ६ अर्ब २४ करोड रुपैयाँ ऋणात्मक रहेको यस्तो नाफा यस वर्ष थप ९ अर्ब १५ करोड रुपैयाँले घटेको हो ।

बैंकको खुद नाफा भने ४ दशमलव ३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

इम्पेरमेन्ट चार्ज करिब २२ प्रतिशत घटेर ९२ करोड ९४ लाख रुपैयाँमा झरेपछि खुद नाफा बढेको हो । गत वर्ष यस्तो चार्ज १ अर्ब १८ करोड रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा भने साढे १६ प्रतिशत घटेको छ ।

यसैगरी, बैंकको निष्क्रिय कर्जा अनुपात ६ दशमलव ९९ प्रतिशतबाट बढेर ९ दशमलव ८१ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्तापूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय