FLASH NEWS
नेपाल प्रिमियर लिग : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए । पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु । ‘बाटुलो जून’ : अधुरो प्रेम, बिछोड र सम्झनाको भावनात्मक कथा । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै । चलचित्र‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा । दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा । भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन । नेपाल प्रिमियर लिग: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य । क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार । ‘रामायण’ ले नेपालमा कति कमायो ? । ‘बाटुलो जुन’ ले पहिलो दिन कति कमायो ? ।

२७ कात्तिक, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी (लोकल) ६० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ६० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ ।

कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय