FLASH NEWS
नेपाल प्रिमियर लिग : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए । पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु । ‘बाटुलो जून’ : अधुरो प्रेम, बिछोड र सम्झनाको भावनात्मक कथा । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै । चलचित्र‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा । दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा । भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन । नेपाल प्रिमियर लिग: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य । क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार । ‘रामायण’ ले नेपालमा कति कमायो ? । ‘बाटुलो जुन’ ले पहिलो दिन कति कमायो ? ।

२७ कात्तिक, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन्।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। तर, पछिल्लो समय उनीहरूले संघीय सरकारबाटै थप विशेष सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ भने बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ।

बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

दुर्घटनामा आफन्त गुमाएका परिवार यतिबेला शोकसँगै न्याय र उचित राहतको प्रतीक्षामा छन्। उनीहरूले सरकारबाट ठोस निर्णय नआएसम्म शव नबुझ्ने अडान कायम राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय