FLASH NEWS
नेपाल प्रिमियर लिग : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए । पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु । ‘बाटुलो जून’ : अधुरो प्रेम, बिछोड र सम्झनाको भावनात्मक कथा । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै । चलचित्र‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा । दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा । भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन । नेपाल प्रिमियर लिग: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य । क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार । ‘रामायण’ ले नेपालमा कति कमायो ? । ‘बाटुलो जुन’ ले पहिलो दिन कति कमायो ? ।

२७ कात्तिक, कास्की । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिएका छन् ।

पोखरा–५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २ः५० बजेको समयमा रोकिराखेको लु३च ५२७४ नम्बरको बोलेरो जिपमा ग२३प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किदाँ गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रमममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय