FLASH NEWS
नेपाल प्रिमियर लिग : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए । पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु । ‘बाटुलो जून’ : अधुरो प्रेम, बिछोड र सम्झनाको भावनात्मक कथा । गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै । चलचित्र‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा । दीपेन्द्रसिंह ऐरीको दोस्रो अर्धशतक पूरा । भीमफेदी सडक दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन । नेपाल प्रिमियर लिग: सुदूरपश्चिमद्वारा काठमाडौंलाई १२६ रनको लक्ष्य । क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार । ‘रामायण’ ले नेपालमा कति कमायो ? । ‘बाटुलो जुन’ ले पहिलो दिन कति कमायो ? ।

२७ कात्तिक, काठमाडौँ । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाटुलो जून’ ले सुखद सुरुआत गरेको छ । पहिलो दिन नै फिल्मले एक करोड बढीको ग्रस कमाइ गर्दै आफूलाई अब्बल प्रमाणित गरेको छ । बक्सअफिस स्रोतका अनुसार फिल्मले पहिलो दिन नेपालभरबाट १ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने यसको ३६ हजार टिकेट बिक्री भएको छ ।

फिल्म हेर्ने दर्शकले सुखद प्रतिक्रिया दिएकाले आगामी दिनमा यसको कमाइ अझै बढ्ने देखिएको छ । फिल्मले सुखद सुरुआत गरेपछि यसका निर्देशक भुवन केसी, अभिनेता अनमोल केसी, नव अभिनेत्री प्रिन्सी खतिवडा, लेखक सामीप्यराज तिमल्सेना लगायत काठमाडौँ उपत्यका अन्तर्गत रहेको विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिएँ । निर्देशकसँगै अभिनेता रहेका भुवन केसीले आफ्नो पुरानो दिनको सम्झना आएको सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

उनले भने,‘हामीले दर्शकबाट पाएको मायालाई व्यक्त गर्ने शब्द म सँग छैन । मलाई मेरो पुरानो समयको फिल्महरूको याद आयो । हामीलाई विश्वास गरेर हलसम्म आउनुभएका दर्शक सन्तुष्ट भएर फर्किनुभएको छ, यो हाम्रो सफलता हो ।’

निर्देशक केसीको निर्देशनमा तयार भएको ‘बाटुलो जुन’ दोस्रो फिल्म हो । यसअगाडि उनले ‘ड्रिम्स’ निर्देशन गरेका थिए । अभिनेता अनमोल केसीले पनि दर्शकलाई धन्यवाद दिदै आभार प्रकट गरे । हल भिजिटकै क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेता केसीले आफ्नो मेहनतको फल पाएको आभाष भएको बताए ।

‘मैले यो फिल्ममार्फत एउटा छुटै संसार देख्न, बाच्न पाएको थिएँ । मेरो बुवा (भुवन केसी) ले यो उमेरमा पनि एउटा राम्रो फिल्म बनाउन गर्नुभएको मेहनतले मलाई निकै प्रभावित बनायो । अहिले दर्शकले उक्त मेहनतलाई मन पराएको देख्दा खुसी छु, अझै धेरै मेहनत गर्नु पर्ने महसुस गरेको छु’, अभिनेता केसीले भने ।

फिल्मले वि.सं. २०४० को दशकको प्रेमकथा भन्छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको पटकथा रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना र शिशिर शिवाकोटीलगायतको अभिनय छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय