FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार अमेरिकाविरुद्ध खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

शनिबार एकअर्काविरुद्ध मैदानमा उत्रिँदा घरेलु टोली नेपाल र अमेरिका पहिलो जितको खोजीमा हुनेछन्।

त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिनलागेको हो।

सिरिजको आफ्नो पहिलो खेलमा अमेरिका पनि स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले नै पराजित भएको थियो।

लिग–२ अन्तर्गत घरेलु मैदानमा अन्तिम सिरिज खेलिरहेको नेपाली टोली अंक तालिकामा स्थान सुधारको लक्ष्यमा छ।

एक दिवसीय वरीयता कायम राख्न नेपाललाई शीर्ष ६ मा रहनु अति आवश्यक छ। त्यसैले नेपाली टोलीको लक्ष्य शीर्ष ६ मा स्थान सुरक्षित गर्नु हो।

नेपाल भ्रमणमा रहेका अमेरिका र स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न चाहन्छन्। लिग–२ को शीर्ष ४ मा रहने टोलीले सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन्।

अन्य टोलीले भने विश्वकप छनोटका लागि प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाली टोली शीर्ष ६ मा रहेर सिधै वरीयता जोगाउने लक्ष्यमा छ। त्यसैले घरेलु मैदानको सिरिज नेपाली टोलीका लागि महत्त्वपूर्ण छ।

अमेरिकाविरुद्ध मैदान उत्रिँदा नेपाली टोलीमा २ खेलाडी परिवर्तनको सम्भावना छ।

मुख्य प्रशिक्षक स्टुआर्ट लले विनोद भण्डारी र अर्जुन कुमाललाई बेन्चमा राख्न सक्नेछन्। उनीहरुको स्थानमा कुशल भुर्तेल र ईशान पाण्डे प्लेइङ ११ मा आउन सक्नेछन्।

शनिबारको खेलमा ईशान पाण्डेले नेपालका लागि ओडीआईमा डेब्यु गर्ने सम्भावना छ।

स्कटल्यान्डविरुद्धको खेललाई हेर्ने हो भने नेपालको बलिङ साइड बलियो देखिए पनि ब्याटिङ लाइनअपमा खेलाडीहरु जिम्मेवार हुन सकेनन्।

ओडीआई वरीयता जोगाउन र घरेलु मैदानमा जितको सिलसिला कायम राख्न पनि नेपाली टोलीलाई जितको आवश्यक छ।

लिग–२ अघि स्कटल्यान्ड र अमेरिकाको टोलीले नेपालको ए टोलीसँग अभ्यास खेल खेलेका थिए। चार खेलमा जित निकाल्दै नेपाल ए टोलीले अमेरिका र स्कटल्यान्डलाई हराउन त्यति चुनौतीपूर्ण नरहेको सन्देश दिएका थिए। यद्यपि राष्ट्रिय टोलीले भने जितको लयलाई कायम राख्न सकेन।

यस्तो छ ‘हेड टु हेड’
नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच भेटलाई हेर्ने हो भने नेपालमाथि अमेरिका हावी हुँदै आएको छ।

नेपालको भेट पछिल्लो पटक २०२५ को नोभेम्बरमा यूएईमा भएको थियो। लिग–२ अन्तर्गत भएको सो भेटमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

नेपालले सन् २०२३ मा अमेरिकालाई ६ विकेटले हराएको थियो। त्यसपछिका चार भेटमा नेपाल अमेरिकासँग पराजित भएको छ।

अंक तालिकामा कहाँ छन् अमेरिका र नेपाल?
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अंक तालिकामा नेपाली राष्ट्रिय टोली सातौँ स्थानमा छ।

लिग–२ मा २५ खेल खेलेको नेपाली टोलीले ८ खेलमा जित, १५ खेलमा हार र २ खेलमा अंक बाँड्दै १८ अंकमा तालिकाको सातौँ स्थानमा छ।

३० खेलमध्ये १६ खेलमा जित, ८ खेलमा हार भोगेको स्कटल्यान्ड ३८ अंकमा तालिकाको शीर्ष स्थानमा छ। २५ खेलबाट १८ खेलमा जित र ७ खेलमा हार भोगेको अमेरिका ३६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

अमेरिका र स्कटल्यान्डबीच तालिकाको शीर्षस्थानमा रहनका लागि दौड जारी छ। तालिकाको शीर्ष स्थानमा रहनका लागि अमेरिका र स्कटल्यान्ड दुवै टोलीलाई नेपाल सिरिज महत्त्वपूर्ण छ।

२८ खेलबाट ३१ अंक भएको ओमान तेस्रो, २४ खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड चौथो, २८ खेलबाट २२ अंक बनाएको नामिबिया २२ अंकमा पाचौँ र २४ खेलबाट २१ अंक भएको क्यानडा छैटौँ स्थानमा छ।

२४ खेलबाट १४ अंक बनाएको यूएई तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय