FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय ५० विकेट लिने नयाँ रेकर्ड बनाएका छन्।

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले यो किर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

सन्दीपले अस्ट्रेलियन मिचेल स्टार्सको नाममा रहेको रेकर्ड तोडेका हुन्।

मिचेलले सन् २०१९ को विश्वकपमा वेस्टइन्डिजविरुद्धको खेलमा ७७ खेलमा १ सय ५० विकेटको रेकर्ड बनाएका थिए।

सन्दीपले ७३ ओडीआईमा ७१ इनिङ्समा १ सय ५० विकेट लिँदै स्टार्सको रेकर्ड तोडेका हुन्।

सन्दीपले स्कटल्याण्डविरूद्ध व्यक्तिगत दोस्रो विकेट लिँदै १ सय ५० विकेटको आँकडा पूरा गरेका हुन्।

सन्दीपले १२ ओभरको तेस्रो बलमा जर्ज मुन्सेलाई पेभेलियनको बाटो देखाएका थिए। २०औँ ओभरको अन्तिम बलमा ७३ रन बनाएका ब्रान्डन मकमलेनलाई इशान पाण्डेद्वारा क्याच आउट गराउँदै उनले १ सय ५० विकेटको कीर्तिमान कायम गरे।

एकदिवसीय क्रिकेटमा सन्दीपको उत्कृष्ट बलिङ फिगर सन् २०२१ को लिग टुमा पीएनजीविरुद्ध ११ रन दिएर ६ विकेट लिनु हो। एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड पनि सन्दीपकै नाममा छ।

उनले ४२ खेलमा १ सय विकेटको रेकर्ड कायम गरेका हुन्। यस्तै एकदीवसीय क्रिकेटमा लगातार ३ खेलमा ४ विकेट लिने रेकर्ड पनि उनकै नाममा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय