FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । सोमबार बेलुकी उनले आफ्नै घरको भुइँतल्लामा रहेको एक कोठामा सिलिङ्गमा रहेको हकमा प्लास्टिकको डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या गरेको पुष्टि गरिसकेको छ ।

छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बाबु महेश खड्काले प्रहरीमा खबर गरेका थिए । लगत्तै, घटनास्थल पुगेको प्रहरीले वडा अध्यक्षसमेतको उपस्थितिमा घटनाको मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि अस्पताल पठाएको थियो ।

ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् ।

खड्काले सामाजिक संजालमा आत्महत्या अघि ४ जना सिनियर कर्मचारीहरुको नाम र एआई फोटो राखेका छन् । बैंकका सिइओ सुरेन्द्र राज रेग्मी, बैंकका असिस्टेन्ट सिइओ दीपचन्द्र रेग्मी, एचआर प्रमुख अनामिका सिंह कुँवर र बैंकका डेपुटी सिइओ सुमन पोखरेलको फोटो राखी, उनीहरुलाई ट्यागसमेत गरेर खड्काले आत्महत्या गरेका हुन् ।

घटनास्थलबाट प्रहरीले खड्काको मोबाइल लगायतका सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । प्रहरीले खड्काले उल्लेख गरेका बैंकका सिनियर कर्मचारी, खड्का कार्यरत शाखाका अन्य कर्मचारी, प्रदेश प्रमुख लगायतको बयान लिने तयारीसमेत गरेको छ ।

खड्कालाई केही समय अगाडि बैंकले स्पष्टिकरण सोधेको बुझिएको छ । स्पष्टिकरणपछि उनले राजिनामा दिएका थिए । तर स्पष्टिकरण के विषयमा थियो भन्ने तथ्य बाहिर आएको छैन ।  बैंकले राजीनामा स्वीकृत गरेकै दिन उनले ‘तिमीहरुले मलाई मार्यौ’ लेखेर पासो लगाएका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।

उनी यसअघि बैंकको चारआली शाखा प्रबन्धक थिए । चारआलीबाट बैंकले उनलाई प्रादेशिक कार्यालय, विराटनगरमा सरुवा गरेको थियो ।

ग्लोबल आइएमई आउनुअघि उनी उनी ज्योति विकास बैंकमा कार्यरत थिए । बैंकका कर्मचारीले आत्महत्या गरेपछि उत्पन्न परिस्थिति र उत्पन्न हुने थप सम्भावित परिस्थितिबारे बैंकका सिनियर व्यवस्थापनबीच छलफल भइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय