FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ ।

महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो । नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो ।

उनले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने बताए । महानगरले यो अभियान सुरु गर्नुअघि गत शुक्रवारदेखि आइतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरबासीलाई यसबारे जानकारी गराएको थियो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही सुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ ।

उनले भने, ‘फुटपाथ बाइक राख्ने ठाउँ होइन, यो पैदलयात्रीका लागि बनाइएको हो । महानगरले न्यूरोडका केही स्थानमा पार्किङको व्यवस्था गरेको छ, त्यहीँ पार्किङ गर्नुपर्छ । दीर्घकालीन पार्किङको व्यवस्था नभएसम्म फुटपाथलाई भने पूर्ण रूपमा खाली राखिनेछ ।’

नगर प्रहरी निरीक्षक थापाले मङ्गलवारदेखि थप कडाइ गरिने बताए । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उनको भनाइ छ ।

महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन सम्पूर्ण सवारी धनी तथा नगरबासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय