FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एलोन मस्कको रकेट तथा उपग्रह कम्पनी स्पेसएक्स शेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ ।

यो प्रक्रिया सफल भए वाल स्ट्रिट इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान मात्र गरिएको छैन एलोन मस्क चाँडै संसारकै पहिलो खर्बपति बन्ने सम्भावना समेत बढेको छ ।

सूचीकरणपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । फोब्र्स अर्बपति सूचीअनुसार हाल मस्क ८०७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति हुन् ।

कम्पनीले ‘एसपिसिएक्स’ संकेत चिह्नअन्तर्गत सूचीकृत हुने योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीको आर्थिक नेतृत्व र स्वामित्व संरचनासम्बन्धी जानकारी पहिलो पटक बाहिर आएको छ ।

स्पेसएक्सले आफ्नो मूल्यांकन १. २५ खर्ब अमेरिकी डलर गरेको छ । यस मूल्यांकनका आधारमा कम्पनीमा रहेको मस्कको बहुमत हिस्साको मूल्य ६०० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्छ । अहिलेको सम्पत्तिसँग यो मूल्य जोडिँदा मस्कको कुल सम्पत्ति एक खर्ब डलर नाघ्न सक्ने अनुमान गरिएको हो ।

 

मस्क गत वर्ष ५०० अर्ब डलर सम्पत्ति पार गर्ने संसारकै पहिलो व्यक्ति बनेका थिए । उनी विद्युतीय सवारी निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । स्पेसएक्समा साधारण र विशेष श्रेणीका शेयरमार्फत मस्कसँग ८५. १ प्रतिशत मतदान अधिकार रहेको छ ।

 

प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी कागजातमार्फत कम्पनीको नेतृत्व संरचना पनि सार्वजनिक भएको छ । मस्क कम्पनीका अध्यक्ष हुन् भने ग्विन सटवेल अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । अन्य सञ्चालकमा प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसन, लगानीकर्ता र्यान्डी ग्लेन, स्टिभ जर्भिटसन, लुक नोजेक, इरा एहरेनप्रेइस, एन्टोनियो ग्रासियस तथा गुगलका अधिकारी डोनाल्ड ह्यारिसन रहेका छन् ।

 

मस्कले सन् २०१९ देखि वार्षिक ५४ हजार ८० अमेरिकी डलर निश्चित तलब लिँदै आएका छन् । तर कम्पनीले मस्कलाई ६ करोड ६६ लाखभन्दा बढी शेयर १५ किस्तामा दिन सकिने जनाएको छ । त्यसका लागि कम्पनीको मूल्यांकन ७. ५ खरब डलर पुग्नुपर्ने र कम्तीमा १० लाख मानिससहित मंगल ग्रहमा स्थायी मानव बस्ती सफलतापूर्वक स्थापना हुनुपर्ने शर्त राखिएको छ ।

यी दुवै शर्त पूरा भए र मस्क कम्पनीमा कार्यरत रहे मात्र ती शेयर प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक यस वर्ष कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईसँगको एकीकरणपछि मस्कको पुरानो पारिश्रमिक व्यवस्था हटाएर ३० करोड २० लाख शेयर बराबरको नयाँ सुविधा घोषणा गरिएको छ । यो सुविधा भविष्यको मूल्यांकन लक्ष्य तथा वार्षिक १०० टेरावाट क्षमता भएका तथ्याङ्क केन्द्र सञ्चालनसँग जोडिएको छ ।

मस्कले सन् २००२ मा स्पेसएक्सलाई रकेट कम्पनीका रूपमा स्थापना गरेका थिए । कम्पनीले सन् २०२१ मा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्दै दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो । कम्पनीले २७७ पृष्ठको विवरणपत्रमा कृत्रिम बौद्धिकता, उपग्रह सञ्चार र अन्तरिक्ष अनुसन्धानलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । कम्पनीले जीवनलाई बहुग्रहीय बनाउने र ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने आफ्नो उद्देश्य रहेको जनाएको छ ।

स्पेसएक्सले स्टारलिंक सञ्जालका लागि तीव्र रूपमा उपग्रह निर्माण तथा प्रक्षेपण जारी राख्ने बताएको छ । साथै सूर्यको ऊर्जाबाट सञ्चालन हुने सत्य खोज्ने कृत्रिम बौद्धिकता विकास गरी वैज्ञानिक खोजलाई अघि बढाउने, चन्द्रमामा आधार केन्द्र निर्माण गर्ने तथा अन्य ग्रहमा शहर बसाउने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले सम्भावित बजार अवसर २८.५ खर्ब अमेरिकी डलर रहेको जनाएको छ । यसमध्ये अन्तरिक्षसम्बन्धी सेवामा ३७० अर्ब डलर, स्टारलिंकमार्फत सञ्चार सेवामा १. ६ खरब डलर र कृत्रिम बौद्धिकतामा २६. ५ खरब डलरको अवसर रहेको कम्पनीको दाबी छ ।

कृत्रिम बौद्धिकता क्षेत्रअन्तर्गत अन्तरिक्षमा तथ्याङ्क केन्द्र सञ्चालनबाट २. ४ खर्ब डलर, उपभोक्ता सदस्यताबाट ७६० अर्ब डलर, डिजिटल विज्ञापनबाट ६०० अर्ब डलर तथा व्यावसायिक प्रयोगबाट २२. ७ खर्ब डलर आम्दानी हुन सक्ने अनुमान गरिएको छ । स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज नामक कम्पनीले गत वर्ष १८. ६ अर्ब डलर आम्दानी गरेको थियो । तर कम्पनीलाई ४. ९ अर्ब डलर खुद घाटा भएको थियो ।

सिएनएनका अनुसार यस वर्षको पहिलो तीन महिनामै कम्पनीले ४. ७ अर्ब डलर बिक्री गरे पनि ४. ३ अर्ब डलर घाटा व्यहोरेको छ । कम्पनीसँग रकेट तथा अन्य उपकरणसहित १०२ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ भने ६०. ५ अर्ब डलर ऋण रहेको बताइएको छ । कृत्रिम बौद्धिकता र उपग्रह सञ्चालन विस्तारका कारण कम्पनीको खर्च तीव्र रूपमा बढेको छ ।

गत वर्ष कम्पनीले २०. ७ अर्ब डलर खर्च गरेको थियो । त्यसमध्ये १२. ७ अर्ब डलर कृत्रिम बौद्धिकता पूर्वाधारमा खर्च गरिएको थियो । त्यस्तै ४. २ अर्ब डलर स्टारलिंकमा तथा ३. ८ अर्ब डलर रकेट र अन्य अन्तरिक्ष परियोजनामा खर्च गरिएको थियो । यो खर्च सन् २०२४ को तुलनामा झण्डै दोब्बर हो ।

यस वर्षको पहिलो त्रैमासिकमै कम्पनीले १०. १ अर्ब डलर खर्च गरिसकेको छ । त्यसमध्ये ७.७ अर्ब डलर कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय