FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालको अग्रणी डिस्टिलरी कम्पनी, प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पीक्स नामक नयाँ ब्राण्ड बजारमा औपचारिक रुपमा सार्वजनिक गरेको छ । द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियन जस्ता प्रिमियम ब्राण्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ ।

समुद्र सतहबाट आठ हजार मिटर अग्ला हिमालहरू संसारमा चौधवटा मात्रै छन् र त्यसमध्ये आठ नेपाली भूमिमा पर्छन् । यही ८ हिमालका शिखरहरूमा हजारौँ वर्षको इतिहास बोकेर बसेका कोमल हिउँ जब पग्लिन्छ, बग्छ, र पुनः हिमतालमा जम्छ अनि वर्षौंसम्म हिमाली चट्टानभित्र छानिएर जलधाराको रुपमा झर्ना बनेर बग्छ, तब प्रकृति स्वयंले तयार गरिदिएको सबैभन्दा शुद्ध र कञ्चन उपहारबाट बन्छ ८ पीक्स ।

हिमनदीबाट अविरल बगिरहेका जलधाराको कञ्चन पानीबाट बनेको ८ पीक्सलाई परम्परागत तामाको स्टिलबाट हुने फ्र्याक्सनल डिस्टिलेसनलाई आणविक स्तरको रूसी चारकोल र चाँदी फिल्ट्रेशनसँग संयोजन गरी तयार गरिएको छ । 8 Peaks ले कडा कन्जेनरहरू र अशुद्धताहरू सक्रिय रूपमा हटाउँछ । यसको परिणामस्वरूप वैज्ञानिक रूपमा परिष्कृत, रासायनिक रूपमा शुद्ध spirit तयार हुन्छ, जसले असाधारण स्तरको मृदुता र स्पष्टता प्रदान गर्छ र ग्राहकहरुलाई प्रकृतिको शुद्ध स्वाद पस्कन्छ । यो स्वदेशी उत्पादनका हरेक थोपामा राष्ट्रको कथा बोकेको छ । राष्ट्रिय गौरवको सम्मानमा समर्पित यो उत्पादनले स्वच्छ तरललाई हिमाली तालजस्तो पारदर्शी सिसाको बोतलमा आकाशजस्तै निलो लेबल सहित प्रस्तुत गरेको छ ।

देशको प्राकृतिक गौरवलाई सम्मान गर्दै आधुनिक उपभोक्तालाई लक्षित गरी तयार गरिएको ८ पीक्सले प्राकृतिक इतिहाससँगै आधुनिक र स्टाइलिश पहिचान पनि झल्काउँछ ।

देशभर गरिएको उपभोक्ता स्वाद परीक्षणमा ८ पीक्सले ९९ प्रतिशत सहभागीहरुको मन जित्न सफल भएको छ, जसले यसको बजारी सम्भावनाप्रति प्रिमियर डिस्टिलरी लिमिटेडको आत्मविश्वासलाई थप मजबुत बनाएको छ ।

८ पीक्स आगामी १५–२० दिनभित्र नेपालभरका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ । यो ७५० एमएल, ३७५ एमएल, र १८० एमएलका बोतलहरुमा बजारमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय