FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो।

यसअघि कम्पनीले कुल निष्कासित शेयरमध्ये ७९ हजार कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको छ। साथै, ३९ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता शेयर कर्मचारीका लागि छुट्याएर वितरण गरिएको छ।

हाल कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। यसबाट कम्पनीले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर रकम संकलन गर्ने लक्ष्य राखेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन अवधि जेठ २७ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय