FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९६ अङ्कले ओरालो लागेर ४६६ दशमलव १३ मा सीमित भएको छ ।

कारोबार भएकामध्ये कूल ७३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । एक सय ८८ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १२ कम्पनीको कुनै परिवर्तन भएको छैन ।

नेप्सेका अनुसार कूल ३५० कम्पनीको एक करोड सात लाख ३९ हजार ९९८ कित्ता शेयर रु चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । एनबिबिएल डिवेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनिङ मिल्स शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

ग्रीन डेभलपमेन्ट बैंक,रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनरबीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय