FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एभरेस्ट कलर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिहीबार बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।

जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि यस कम्पनीको आईपीओ खुलेको थियो । आईपीओमा आवेदन दिएका मध्ये २६ लाख ४१ हजार ९५९ को सदर भएको थियो । सदर भएका आवेदनमध्ये ६५ हजार ५७० जनाले १० कित्ताका दरले पाएका छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.३७ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०४.०९ रुपैयाँ छ । सञ्चित नाफा ९० लाख रुपैयाँ बराबर रहेको छ । क्रेडिट रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय