नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरेको छ ।
समूहका नेता पूर्णबहादुर खड्काले कार्यालय उद्घाटन गर्दै शेखर कोइरालासहित १११ जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न प्रस्ताव गरिएको जानकारी दिए ।
खड्काले उपसभापति विश्वप्रकाश शर्मासँग सातबुँदे प्रस्तावबारे छलफल भएको र आफू तथा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने प्रस्ताव आएको भए पनि आफूले अस्वीकार गरेको बताए ।
उनले अब नियमित छलफल अघि बढाइने र साउन ६ गते बीपी जयन्ती विशेष रूपमा मनाइने जानकारी दिए ।
कार्यालय उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू सहभागी थिए ।






