FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसले विभिन्न क्षेत्रका जानकार तथा विज्ञलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग जोडेको छ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरेको छ। विविध विषयमा सहकार्य गर्न इच्छुक विविध विधाका जानकार एवं विज्ञलाई प्रतिष्ठानसँग जोडिन आश्वान गरेको थियो।

त्यसका आधारमा विभिन्न क्षेत्रका ४२ जना विज्ञ जोडिएको कांग्रेसले जनाएको छ। मंगलबार उनीहरूसँग छलफल आयोजना गरेको हो।

कार्यक्रममा उद्यमशीलता, मानिसक स्वास्थ्य, जलवायु परिवर्तन, डिजिटल सुशासन, विपद व्यवस्थापन, बाल अधिकार, श्रम अधिकार, पूर्वाधार विकास, शिक्षा र खेलकुद विषयका जानकार सहभागी थिए।  कार्यक्रममा उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रमका उद्देश्य जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै कांग्रेस सभापति गगन थापाले बदलिएको समय अनुरुप बदलिँदै अघि बढेको कांग्रेसलाई अनेकन बिषयगत प्रश्नमा प्रखर बनाउन लागेको बताए। अभियानमा जोडिएका सबैलाई स्वागत गर्दै सभापति थापाले सहभागीले देखाएको उत्साहलाई सम्मानका साथ समेटेर कांग्रेस अगाडि बढ्ने विश्वास दिलाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय