FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

 सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजेबाट सुरु हुने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्नुहुने कार्यसूची रहेको छ।

त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्नुहुने छ । बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय