FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

युएईको ‘सोभरेन वेल्थ फन्ड’ मार्फत नेपालमा लगानी वृद्धि गर्ने विषयमा पनि दुई पक्षको बिचमा कुराकानी भएको बताइएको छ । परराष्ट्र मन्त्री खनालले दुई देशबिचको मित्रता र बढ्दो सहकार्यको बारेमा आफ्नो धारणा राखेका थिए । छलफलमा उनले नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भइसकेको नेपाली नागरिकहरूको प्रहरी प्रतिवेदनलाई युएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई हटाएर प्रक्रिया सहज बनाइ दिन आग्रह गरेको जनाएको छ ।

नेपाल र युएईबिच स्थापना हुन लागेको कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीलाई विशेष उत्सवको रूपमा मनाउने सरकारको योजना रहेको जानकारी मन्त्री खनालले गराएका थिए ।

सो अवसरलाई विशेष बनाउन नेपालका विभिन्न विकास आयोजनाहरूमा युएईको लगानी भित्र्याउन नेपालको चाहना रहेको मन्त्री खनालले उल्लेख गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय