FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट गर्दै भारत भ्रमणको निम्तो दिएका छन् ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा इतिहास, संस्कृति र भौगोलिक निकटतामा आधारित रहेको उल्लेख गर्दै भारतका लोकसभा सभामुख ओम बिरलालाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

उनले व्यापार, कनेक्टिभिटी, ऊर्जा, नागरिक उड्डयन र संसदीय कूटनीतिमार्फत दुई देशबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

राजदूत श्रीवास्तवले लोकसभा सभामुख ओम बिरला नेपाल भ्रमणका लागि इच्छुक रहेको जानकारी गराउँदै सभामुख अर्याल तथा नेपाली सांसदहरूलाई भारतको संसदीय अभ्यास अध्ययनका लागि भारत भ्रमणको निम्तो दिएका थिए ।

उनले उच्चस्तरीय राजनीतिक संवाद र संसदीय कूटनीतिले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय