FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० असार, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

मंगलबार बिहान ८ः३० बजे बस्ने अर्थ समिति बैठक बस्ने भएको छ ।

आजको बैठकमा नेपाल वीमा प्राधिकारणसँग देहायका विषयहरूमा जानकारी लिने कार्यसूची छ ।

आ।व। २०८३/८४ मा नेपाल वीमा प्राधिकारणबाट भएगरेका मुख्य—मुख्य कामकारबाही सम्बन्धमा, बिमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थानरकम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।

आज बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ ।

बिहान ८ः३० बजे बस्ने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठक ९ बजे बस्ने भएको छ ।

बैठकमा विद्युतीय राहदानी छपाई सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय