FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ ।

शुक्रबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।

जारी सूचना अनुसार, सांसदहरूले आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्ममा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत र निस्सा (प्रमाण) सहितको अद्यावधिक विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

सिलबन्दी खाममा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर, इमेल, प्रतिनिधिसभा सदस्यका हकमा जिल्लारनिर्वाचन क्षेत्र नम्बर तथा राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश उल्लेख गर्नुपर्नेछ ।

सम्पत्ति विवरण फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिनेछ भने सचिवालयको वेबसाइटमा पनि उपलब्ध रहेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय