FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकपाले आज जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण तथा एकता सभा कार्यक्रम गर्दैछ।

प्रदेश राजधानी जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा हुने कार्यक्रममा नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता नारायणकाजी श्रेष्ठ लगायतले प्रशिक्षण दिनेछन्।

केहीबेरपछि सुरु हुने कार्यक्रममा सहभागी हुन प्रचण्डसहितका नेता मंगलबारै जनकपुर गएका हुन्।

प्रशिक्षणसँगै आज एकीकृत समाजवादीसहितका विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहण कार्यक्रम हुने नेकपाले जनाएको छ।

तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकबिच गएको कात्तिकमै केन्द्रमा केन्द्रमा पार्टी एकता भए पनि मधेसमा अझै एकता भएको छैन।

कार्यक्रममा प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधि सहभागी हुने नेता विश्वनाथ साहले जानकारी दिए।

कार्यक्रम सकेर बुधबार साँझ प्रचण्ड काठमाडौँ फर्किने कार्यक्रम छ।

यसैबीच प्रचण्डसहितका नेकपाका नेताले हिजो साँझ महोत्तरीको रामगोपालपुरमा पुगेर संविधानसभा सदस्य लालेन्द्र मण्डलका पिता बिन्देश्वर मण्डलप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

मण्डलको गएको असार २९ गते ९२ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय