FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। पासपोर्ट प्रकरणमा देखिएको भूमिकासहित अन्य गतिविधिको समीक्षा पछि उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार खनाललाई टोलीमा राखिरहँदा प्रधानमन्त्रीको सचिवालयको समग्र छविमा नकारात्मक असर पर्ने निष्कर्षमा पुगेपछि उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहलाई सचिवालयका सदस्यहरूले सामूहिक रूपमा खनाललाई बोलाएर जिम्मेवारीबाट अलग गरिएको जानकारीसहित पत्र दिने सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले उक्त प्रस्तावमा सहमति जनाउँदै आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार गत असार १ गते राहदानी विभागमा भएको पासपोर्ट प्रकरणपछि खनालको भूमिकामाथि प्रश्न उठेको थियो। त्यसक्रममा उनले राहदानी विभागका अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग आक्रामक व्यवहार गरेको आरोप लागेको थियो।

सिंहदरबार स्रोतका अनुसार पासपोर्ट प्रकरणअघि र त्यसपछिका केही व्यक्तिगत गतिविधिसम्बन्धी उजुरीसमेत प्रधानमन्त्री कार्यालयमा परेको थियो। ती विषयमा निरन्तर प्रश्न उठेपछि सचिवालयबाट अलग गर्ने निष्कर्ष निकालिएको स्रोतको दाबी छ।

प्रधानमन्त्री कार्यालयले खनाललाई जिम्मेवारीबाट अलग गरिएको पत्र दिन निर्देशन दिइसकेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय