FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सोमबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीबारे छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका १७ जना सांसदलाई भक्तपुरको गुण्डुस्थित  निजी निवासमा    बोलाएका थिए ।

ओलीको बोलावटपछि समयमै बोलाइएका नेताहरू गुण्डुमा पुग्ने नै भए । छलफलको विषय थियो– बागमती प्रदेश सरकार गठनको विषय । गुण्डुमा ओलीसहितका नेताहरू बसेर राति करिब ८ बजेबाट छलफल सुरु भयो । छलफलका क्रममा सरकार बनाउन एमाले र नेकपाको मात्रै बहुमत पुग्न नसक्ने भएकाले अन्य पार्टीलाई पनि मिलाउनुपर्ने विषय प्रवेश भयो

त्यस क्रममा भावी मुख्यमन्त्रीको आश्वासन दिइएका जगन्नाथ (जेएन) थपलियाले बहुमतका लागि अन्य पार्टीसँग केन्द्रबाट पनि साथ पाउने अपेक्षा राखेका थिए ।

छलफलमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलदेखि एमाले सचिव महेश बस्नेत पनि सहभागी थिए । तर, गुण्डुको उक्त छलफलमा भावी मुख्यमन्त्रीका रूपमा हेरिएका चितवनका नेता तथा एमाले बागमती प्रदेश संसदीय दलका नेता थपलियामाथि अध्यक्ष ओलीले तल्लो स्तरको अपमानजनक व्यवहार प्रदर्शन गर्दा त्यहाँको माहोल नै बदलिन पुगेको एक नेताले बताए । संयोगले उक्त माहौल ठुलो दुर्घटनामा भने परिणत भएन ।

स्रोतका अनुसार सचिव बस्नेत तथा नेता ढुङ्गेलसहितको बैठकमा अध्यक्ष ओलीले समझदारी भएको यतिका दिनसम्म बागमती प्रदेश सरकार गठनका लागि थपलियाले ठोस गृहकार्य गर्न नसकेको भन्दै अपमानजनक शैलीमा ‘के गरी खान्छ ?’ जस्ता शब्दावली प्रयोग गर्दै हप्कीदप्की गरेका थिए ।

ओलीको यस्तो तल्लोस्तरको बोलीबचन र हप्कीदप्की सहन नसकेर नेता थपलिया बसेको ठाउँमै लड्न पुगेका थिए । थपलिया लडेर बेहोस भएपछि त्यहाँ रहेका एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जेसहितका नेताहरुले पानी छम्कनु नै परेको थियो । यो घटना हुँदा रातिको १२ बज्नै लागेको थियो । थपलिया ढलेपछि उनलाई तत्कालै भक्तपुरको मध्यपुर ठिमी अस्पताल लगिएको थियो ।

‘थपलिया कमरेडलाई हप्कीदप्की भएपछि उहाँ लड्नु भयो’, गुण्डु छलफलमा सहभागी एक सांसदले भने, ‘जिम्मेवार नेतालाई कामदार जतिको पनि व्यवहार भएन । त्यो सुन्न नसकेर उहाँ ढल्न पुग्नुभयो ।’

ती नेताका अनुसार यसअघि ओलीले बागमती प्रदेश संसदीय दलको नेता थपलिया नै कायम रहने बताएका थिए । तर, सोमबार साँझ पुन: ओलीले बोली परिवर्तन गरेका थिए । ‘तपाईंले अहिलेसम्म केही गर्न सक्नुभएन । अरू दलसँग सहमति पनि जुटाउन सक्नुभएन’, ओलीको भनाइ उद्धृत गर्दै सहभागी अर्का सांसदले भने, ‘अव किरण थापालाई दलको नेता बनाउनुस् ।’ त्यस क्रममा ओलीले थापाले राप्रपाको पनि समर्थन जुटाउन सक्ने भन्दै थपलियाले नसक्नुमा अक्षमता भएको बताएका थिए ।

‘अब जसले विस्वास लिन सक्छ उसैलाई दिने हो’, ओलीले यति भनेपछि जेएन थपलियाले उत्तर दिन लाग्दा भक्कानिएर लडेका थिए ।

‘ह्युमिलेट सहन नसकेर उहाँ बोल्न लाग्दा नै लड्नुभएको हो’, अर्का नेताले भने,‘ आज वीर अस्पताल जान लाग्दै हुनुहुन्छ ।’

गुण्डु छलफलमा सहभागी प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेश सरकार गठनका लागि आवस्यक छलफल संसदीय दलका नेताले नै गर्नुपर्नेबारे कुराकानी भएको बताए । तर ढुंगेल ढलेको विषय उनले लुकाउन खोजे ।

‘सरकार गठनका लागि दलका नेताले गर्नुपर्ने पहल गर्नु पर्छ त्यसै गर्नुस् भन्ने अध्यक्षको भनाइ हो’, ढुङ्गेलले  भने । तर थपलिया ढलेकोबारे आफूलाई थाहा नभएको जिकस गरे । ‘उहाँ ढलेको मैले चाहिँ थाहा पाइनँ’, ढुङ्गेलले भने, ‘बिहान कुरा बुझ्दा साबिकको वासस्थानमै हुनुहुन्थ्यो ।’

एमाले र नेकपाबिचको सहमति अनुसार बागमतीमा एमालेले सरकारको नेतृत्व गर्नेगरी सहमति भएको थियो । तर एमाले र नेकपाको मात्रै सांसद संख्याले बागमतीमा सरकार गठन गर्न पुग्दैन । एमाले र नेकपा मिल्दा पनि त्यहाँ सरकार बनाउन अन्य पार्टीका थप दुई सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय