FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

१४ भदौ, रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले सरकार रसुवा र नुवाकोटका बाढी पीडितको उद्धार र राहतमा भन्दा पनि प्रचारमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

मानव अधिकार एलाइन्सले रामेछापमा आयोजना गरेको कार्यक्रममा बोल्दै ढुङ्गेलले बाँच्न पाउने अधिकार नागरिकको मानव अधिकारको आधारभूत विषय भएको भन्दै अहिले सरकारको उदासीनताले सो कुरा नै संकटमा परेको बताए । उद्धार र राहतको पर्खाइमा सर्वसाधारण रहेका भए पनि सरकारका मन्त्रीहरू हेलिकप्टरको सयरमा रहेका उनले बताए ।

‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने ।

सरकारका हरेक गतिविधि भ्रम सिर्जना गर्ने र कसरी स्ट्यण्डबाजी गर्ने भन्नेमा केन्द्रित रहेका उनले बताए । ‘सरकार बाटोमा आफैँ गाडी तेस्र्याउँछ, आफै उठाएर लैजान्छ, यस्तो स्टण्डबाजीबाट देश चल्दैन’, उनले भने ।

ढुङ्गेलले सरकारले आफैँ कानुन बनाउने तर आफैँ त्यसलाई नमान्ने गरेको उनको भनाइ छ । ‘ड्रेस लगाउनु पनि नपर्ने, कालो चश्मा लगाएर हिँड्दा हुने, यसैलाई वाहवाह गरिदिने रु’ उनले भने, ‘लोकतन्त्रको नम्स मान्नु पर्दैन रु’

ढुङ्गेलले सरकारले सुकम्बासीका बस्ती भत्काएर उनीहरूको बिजोग बनाएको बताए ।

‘डोजले घर भत्काएर बहादुरी हुन्छ र १ कहाँ गयो त्यो अभियान ? टुङ्गियो, सक्कियो ?’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीलाई भदौ २३, २४ को घटनाको दोषी ठह-याउन १३ दिनसम्म थुनामा राखेको भए पनि सरकारले कुनै कुरा फेला पार्न नसकेको उनले बताए । ‘सस्तो लोकप्रियताको लागि जे पनि गर्ने रु’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय