FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२६ भदौ,  जनकपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड० ले रास्वपा नेतृत्वको सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको टिप्पनी गरेका छन् ।

शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले सबैभन्दा बढी पीडा मधेश र मधेशवासीलाई नै दिएको बताए ।

सरकारले यहाँका गरीब, मजदुर, किसानमाथि नै प्रहार गरेको प्रचण्डको भनाई छ । मधेशसंग जोडिएका भारतका सीमानाकाको रक्षा गर्दै आएका मधेशी जनतालाई नै भारतबाट सामान ल्याउँदा कर लगाउने सरकारको नीतिप्रति आपत्ति जनाए ।

प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो एक अभिव्यक्तिमा नेपालले भारतको सीमा मिचेको भनेको नै मधेशी जनतालाई लक्षित गरी भनिएको प्रचण्डले बताए । प्रधानमन्त्री बालेनको सो अभिव्यक्तिले मधेशी जनताको अपमान गरेको प्रचण्डले उल्लेख गरे ।

मधेशी जनताले मधेशको छोरो प्रधानमन्त्री हुने भनेर विश्वासका साथ दिएको भोटले उल्टै मधेशी जनतामाथि नै प्रहार भएको उनले बताए ।

सरकारको बजेटर र नियुक्ति पनि मधेशको विरुद्धमा रहेको प्रचण्डको भनाई छ । समय बितेसंगै मधेशका जनताले गलत ठाउँमा भोट दिएको भन्ने समिक्षा गर्ने प्रचण्डले बताए । संयोजक प्रचण्डले अब फेरि जेनजी युवाहरुले यो सरकारको विरोधमा विद्रोह गर्ने दाबी गरे ।

सरकार मधेशी जनता विरोधी रहेको महशुस गरेकै कारणले अहिले रास्वपाकै सांसदहरु सरकारको विरोधमा लागेको उनले बताए । मधेशका मन्त्रीहरुलाई अपमान गरेर हटाइनु, मधेशी जनताले पक्कै बुझ्नेछ र चाँडै मधेशी जनताले सरकारको विरोधमा उत्रिने प्रचण्डले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय