FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२७ भदौ, जनकपुर । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताएका छन् ।

अग्रगामी मोर्चाद्वारा शनिबार जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै डा.राउतले रास्वपा नेतृत्वको सरकार हरेक दृष्टिकोणले असफल भइसकेको उल्लेख गरे ।

भाषणमा विदेशबाट नेपाली फर्काउने कुरा गरेको सरकारले विगत चार महिनामा तीन लाख नेपाली विदेश गएको तथ्यमाथि विचार गर्नुपर्ने डा।राउतको भनाई थियो । स्वास्थ्य बीमा रोकेर सरकारले जनतालाई दुःख दिन खोजेको डा।राउतले बताए ।

सीमानाकाबाट एक दर्जन केरा ल्याउँदा पनि रोक्ने सरकारको नीतिको डा। राउतले घोर निन्दा गरे । कसैले सामाजिक सञ्जालमा सरकारको नराम्रो गतिविधिको विरोध गरे तुरुन्त पक्राउ गर्न लगाउने जस्ता कार्यले सरकार पूर्ण असफल भइसकेको प्रमाणित भएको डा। राउतले बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले विगतमा ठूलो गल्ती गरेका स्वीकारे । उनले पदको लोभमा मुल लक्ष्यबाट आफूहरु भट्किएको बताए ।

उनले मधेशवादी पार्टी तथा नेताहरुले आफ्नो गल्ती स्वीकार्दै अब एकजुट भएर अन्तिम सडक आन्दोलनमा होमिने जानकारी दिए । यादवले छठ पर्वपछि पुनः एक पटक सडक आन्दोलन गर्ने बताए ।

प्रधानमन्त्री बालेन्द्र साहले ‘बल्गर मधेश’ बनाउने भाषण गरेपनि ६ महिना भन्दा बढी भइसक्दा पनि संविधान संशोधनको कुरा विर्सेको अध्यक्ष यादवले सरकारको आलोचना गरे । उनले जनसंख्याको आधारमा बजेट बिनियोजन हुनुपर्ने र संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाबाट २ हजार बढी नेता, कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय