FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२९ भदौ, काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले आफूलाई अरूको घर वा देश जलाउने राजनीतिमा कुनै रुचि नरहेको स्पष्ट पारे । उनले भने, ‘मलाई तिमीहरूको जस्तो धन्दुकारी गर्नु पनि छैन । देश जलाउनग पनि छैन, सिंहदरबार जलाउनु पनि छैन। म अर्काको घर जलाउ भनेर त जान्नँ । तिमीहरूले यत्रो जलाएर आउँदा पनि जनतालाई खुसी बनाएको भए हुन्थ्यो नि त ।’

देशको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले नेपालमा राजसंस्था र शाह वंशको भूमिकाबिना राष्ट्रियताको जगेर्ना हुन नसक्ने दाबी गरे । आफूलाई कसैले कुनै बाह्य शक्ति वा सङ्गठनसँग जोडेर प्रचार गर्ने गरेकोभन्दै उनले त्यसको खण्डन गरे । वर्तमान सरकार र नेतृत्वको अदूरदर्शी नीतिका कारण देशको अर्थतन्त्र तहसनहस भएको र युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ छ ।

प्रसाईंले बैंकहरूमा अरबौँ रुपैयाँ थुप्रिए पनि स्पष्ट भिजन र शान्ति–सुरक्षाको वातावरण नभएका कारण बाह्य तथा आन्तरिक लगानी आउन नसकेको बताए । देशका समसामयिक राजनीतिक मुद्दाहरूमाथि कडा टिप्पणी गर्दै उनले जनताले वर्तमान शासकहरूको विकल्प खोज्ने बेला आइसकेको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय