FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

३० भदौ, काठमाडौं । युवा अभियन्ता तथा ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन् ।

अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिव पदमा नियुक्त गरेको हो । उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् ।

उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।

नवनियुक्त महासचिव दिवाकर अर्यालले उज्यालो नेपाल पार्टी नेतृत्वमा विभिन्न विषयका विज्ञहरूसँगै अनुभवी र खारिएका युवाहरू पनि जोडिएकाले देश विकासका लागि उत्तम विकल्प भएको दाबी गरे ।

को हुन् अर्याल ?

युवा अभियानबाट सामाजिक तथा सार्वजनिक क्षेत्रमा लामो समयदेखि सक्रिय अर्याल अब औपचारिक रूपमा दलगत राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीसहित प्रवेश गरेका हुन् । उज्यालो नेपाल पार्टीले सुशासन, प्रणालीगत सुधार, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र नागरिक केन्द्रित सेवा प्रवाहलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ ।

अर्यालको राजनीतिक यात्राभन्दा अगाडिको पहिचान भने युवा नेतृत्व विकास र सामाजिक अभियानसँग जोडिएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिएका अर्यालले प्लस–टु अध्ययनकै क्रममा युवालाई संगठित गर्ने उद्देश्यले ‘यूथ पार्लियामेन्ट’को अवधारणा अघि सारेका अर्यालले २०६८ को अन्त्यतिर साथीहरूसँग मिलेर यूथ पार्लियामेन्ट नेपाल दर्ता गरेका थिए । त्यसपछि युवालाई नीति निर्माण र सार्वजनिक बहसमा सहभागी गराउने उद्देश्यले उनले ‘मिनी संसद्’को अवधारणा अघि बढाए ।

पहिलो संविधानसभाले संविधान निर्माण गर्न नसकेपछि अर्यालको नेतृत्वमा ३०१ सदस्यीय ‘नमुना युवा संविधानसभा’ गठन गरिएको थियो । उक्त युवा संविधानसभाले विभिन्न विषयमा छलफल गर्दै संविधानको नमुना तयार गरेको थियो। तयार गरिएको नमुना संविधान तत्कालीन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समेत बुझाइएको थियो ।

नेपालमा युवा अभियानलाई संस्थागत गर्दै आएका अर्यालले पछि त्यसलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गरे । उनको नेतृत्वमा ग्लोबल यूथ पार्लियामेन्ट स्थापना भयो । २०२४ मा प्रकाशित विवरणअनुसार त्यस बेला ग्लोबल यूथ पार्लियामेन्टमा ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका थिए । ८० भन्दा बढी देशका एक हजारभन्दा बढी युवाले संस्थाका विभिन्न कार्यक्रमका क्रममा नेपाल भ्रमणसमेत गरिसकेका थिए ।

ग्लोबल यूथ पार्लियामेन्टले युवा नेतृत्व विकाससँगै कला–संस्कृतिको आदानप्रदान र पर्यटन प्रवद्र्धनलाई समेत आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ । नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्यान्ड, फिलिपिन्स, इटाली, जर्मनी, अस्ट्रेलिया, केन्या, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, ताइवान र इजिप्टलगायत देशमा संस्थाका कार्यक्रम भएका छन् ।

अर्यालको युवा क्षेत्रमा योगदानलाई नेपाल सरकारले समेत सम्मान गरेको छ। उनलाई समाजसेवा रत्न–२०७९ बाट विभूषित गरिएको थियो । त्यस्तै, युवा तथा खेलकुद मन्त्रालयले २०८० मा युवा सशक्तीकरण तथा नेतृत्व विकास क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको थियो ।

पछिल्लो समय पनि अर्याल युवा राजनीतिक चेतना र नेतृत्व विकाससँग सम्बन्धित गतिविधिमा सक्रिय थिए । २०८२ साउनमा देशका १६५ निर्वाचन क्षेत्रबाट छनोट भएका राष्ट्रिय युवा सांसदलाई शपथ गराउने कार्यक्रममा उनले ग्लोबल यूथ पार्लियामेन्टका अध्यक्षका रूपमा शपथ गराएका थिए। युवा सांसद छनोटका लागि सात हजारभन्दा बढी आवेदन परेको थियो ।

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका अर्यालले युवा अभियानसँगै प्रविधि र सामाजिक उद्यमको क्षेत्रमा समेत काम गरेका छन् । उनले आइटी कम्पनी सञ्चालन गर्दै रोजगारी सिर्जनामा समेत काम गरेको उनको विगतको प्रोफाइलमा उल्लेख छ ।

अब उज्यालो नेपाल पार्टीको महासचिवको जिम्मेवारीसँगै अर्यालको भूमिका सामाजिक अभियानभन्दा फरक राजनीतिक तहमा पुगेको छ ।

युवा नेतृत्व, सुशासन र प्रणालीगत सुधारका विषयमा लामो समयदेखि काम गर्दै आएका अर्यालले ती एजेन्डालाई अब पार्टी संगठन, नीति निर्माण र निर्वाचन राजनीतिमा कसरी रूपान्तरण गर्छन् भन्ने उनको नयाँ जिम्मेवारीको मुख्य परीक्षा हुनेछ ।

उज्यालो नेपाल पार्टीले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म अग्रपंक्तिमा ल्याउने तथा योग्यता, इमानदारी र जनविश्वासलाई नेतृत्वको आधार बनाउने बताउँदै आएको छ । यही राजनीतिक दृष्टिकोणभित्र अर्यालको महासचिव नियुक्तिलाई पार्टीमा युवा पुस्ताको भूमिकालाई थप संस्थागत गर्ने प्रयासका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय