FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले बतायो । पाँच महिनादेखि झन्डै दुई दर्जन मुलुक राजदूतविहीन छन् ।

प्रधानमन्त्री बालेन असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्दैछन् । यस्तो अवस्थामा पनि अमेरिका, चीन, बेलायत, भारत जस्ता मुलुक राजदूतविहीन हुँदा नेपालको कूटनीतिक क्षमतामा नकारात्मक असर पुग्ने सम्भावना देखिएपछि सम्भवतस् आजै रिक्त देशमा राजदूत नियुक्तिको सिफारिस हुने बताइन्छ ।

प्रधानमन्त्री बालेन असोज ६ गते न्युयोर्क प्रस्थान गर्ने, असोज ९ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ । बालेनले अमेरिकामा राष्ट्रसंघका महासचिवसँग मात्र भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय