FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१८ भदौ, जनकपुर । भोटेकोशीमा आएको बाढीमा मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालका अनुसार आजसम्मको उपलब्ध तथ्यांक अनुसार जम्मा सम्पर्कविहीन रहेका प्रदेशभरिका १९९ जनामध्ये ३० जना सम्पर्कमा आईसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेमा नुवाकोट हाईड्रोपावमा कार्यरत्त सप्तरीका २८ वर्षिय संतोष चोधरी रहेका छन् । उनको सव पहिचान गरी परिवारजनले जिम्मा लिइसहेको प्रवक्ता ढकालले जानकारी दिएका छन् ।

प्रवक्ता ढकालका अनुसार अहिलेसम्म सम्पर्कविहीन रहेकामध्ये पर्साका ३८ जना रहेका छन् भने बाराका २३ जना रहेका छन् । त्यस्तै, रौतहटका १३ जना सम्पर्कविहीन रहेका छने भने सर्लाहीका १८ जना रहेका छन् । त्यस्तै, महोत्तरीका १० जना अझै सम्पर्कविहीन रहेका छन भने धनुषाका ७ जना सम्पर्कविहीन रहेका छन् । त्यस्तै, सिरहाका १२ जना सम्पर्कविहीन रहेका छन् भने सप्तरीका ४७ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

हालसम्म सम्पर्कविहीन रहेका जम्मा १९९ जनामध्ये सम्पर्कमा आएका ३० जनाहरुमा पर्साका २ जना, बाराका २ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना, महोत्तरीका ७ जना, धनुषाका ७ जना, सिरहाका १ जना र सप्तरीका एक जना रहेको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयले प्रत्येक दिन केन्द्रिय कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रत्यक्ष रुपमा पनि परिवारजनहरुसँग समन्वय गरेर सम्पर्कविहीनहरुको अवस्थाबारे जानकारी लिनेदिने कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय